काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘नागरिक आन्दोलन’ समूहले माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो।
बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्कालगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै संघर्ष समिति गठन गरेर…