२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ । त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत […]