बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।...

सम्बन्धित सामग्री

सफ्टवेयरमा समस्याले मधेश सरकारको आर्थिक कारोबार झण्डै दुई महिनादेखि ठप्प

एक कर्मचारीले भने, ‘मन्त्रालयमा हुने दैनिक खर्च सवारी इन्धन, फोटो कपी पेपरदेखि विभिन्न आर्थिक कारोबार उधारोमा हुने गरेको छ ।'

छैठौं सिन्धुली महोत्सव सम्पन्न, ५० करोड बराबरको आर्थिक कारोबार

सिन्धुली । सिनधुलीमा ११ दिनसम्म संचालन भएको छैठौं सिन्धुली महोत्सव सम्पन्न भएकाे छ । सिन्धुलीमाडीमा संचालन भएकाे साेही महोत्सवमा १० लाख दर्शकहरुले अवलोकन गरेका हुन् । महोत्सवमा ५० करोड बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । ‘कृषि, उद्योग, पर्यटन र ब्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल […]

सिन्धुली महोत्सवमा ५० करोडको आर्थिक कारोबार हुने

सिन्धुली । यहि पुस ८ गतेदेखि संचालन भएकाे छैठौं सिन्धुली महोत्सवमा ५० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । साेही महाेत्सव सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा संचालन भइरहेकाे छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ र […]

राष्ट्र बैंकको अध्ययन भन्छ– नेपालमा शंकास्पद आर्थिक कारोबार ८१ प्रतिशतले बढ्यो

नेपालमा शंकास्पद आर्थिक कारोबार तथा गतिविधि दोब्बरले बढेको एक अध्ययनले देखाएको छ । आर्थिक वर्ष ०७८/७९ मा अघिल्लो वर्षको तुलनामा शंकास्पद कारोबार ८१.३४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी...

आर्थिक कारोबार ठप्प : बचतकर्ताले पाएनन् रकम

काठमाडौँ,२३ भदौ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो । ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल […]

गुल्मी महोत्सवमा तीन करोडको कारोबार

गुल्मीमा सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा झण्डै तीन करोड बराबरको कारोबार भएको छ ।२५ चैतदेखि ६ वैशाखसम्म सञ्चालन भएको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेलामा कुल २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार भएको हो ।महोत्सवको समष्टिगत आर्थिक कारोबार २ करोड ७५ लाख बराबर भएको उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा भुसालले […]

सात महिनामा कर्पोरेट पेको कारोबार ५५ अर्ब

१३ फागुन, काठमाडौं । कर्पोरेट पेले सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट […]

आर्थिक कारोबार ठप्प हुँदा वीपी प्रतिष्ठानको अस्पताल सेवा प्रभावित

माघ २७, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार ठप्प हुँदा दैनिक प्रशासनिक काम सहित अस्पतालको सेवा समेत प्रभावित भएको छ ।  स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम रोकेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरे यता आर्थिक कारोबार ठप्प भएको छ । सरकारले पठाएका कर्मचारीलाई प्रतिष्ठानको ऐन, नियमावलीले आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले समस्या भएको छ ।  आर्थिक कारोबार नहुँदा स्पाइनल, मुटु, क्यान्सरलगायतको उपचारमा बिरामीले १ लाखसम्मको उपचार खर्च अन्तर्गतको औषधी किनेर सोधभर्ना पाउनुपर्ने रकम बिरामीले पाउन सकेका छैनन् । यस्ता बिरामीहरुले प्रतिष्ठानमा नभएको औषधी बाहिर मेडिकलमा किन्ने र बिल बुझाएर सोधभर्ना लिने गरेका थिए ।  यस्तै, ल्याबमा चाहिने रि एजेण्टसहितका सामग्री, एक्सरेको आवश्यक सामग्रीहरु पनि खरीद आदेश गर्न नपाएर समस्या हुँदै गएको छ । अक्सिजनको साना सिलिण्डर बाहिर भरेर ल्याउन नपाउँदा पनि समस्या बढ्दै गएको छ भने बिरामीहरुलाई खुवाउने खानाको सामग्री, बिग्रिएको सामान मर्मत गर्ने लगायतका कामहरु ठप्प छन् ।  आर्थिक प्रशासनको काम रोकिएको जस्तो देखिएपनि समग्रमा अस्पताल सेवालाई नै प्रभावित बनाइरहेको खरीद शाखा प्रमुख सागर ताम्राकारले बताए ।  खरीद शाखाका अनुसार प्रतिष्ठानले वर्षभरि आवश्यक पर्ने सामानको टेण्डर गरेको हुन्छ । टेण्डर अनुसारको सामान एकैपटक भने ल्याएर राखिएको हुँदैन । म्याद गुज्रिने, सामान राख्न ठाउँ अभाव हुने, एकै पटक धेरै रकम भुक्तानी गर्नुपर्ने लगायत समस्याले गर्दा टेण्डरपछि सम्झौता गरेर ३÷४ महीनामा खरीद आदेश मार्फत ती सामान ल्याउने गरिएको हुन्छ ।  अहिले पदाधिकारीहरु नभएकोले खरीद आदेश स्वीकृत गर्न नसक्दा अस्पताल सेवा प्रभावित हुने गरी समस्या शुरु भएको हो । कतिपय अत्यावश्यक सामानहरु कर्मचारीहरुले आफैले भविष्यमा भुक्तानी हुन्छ भन्दै आपूर्ति गरिरहेका छन् । पदाधिकारीलाई सरकारले काम गर्न रोकेको र आर्थिक अधिकार सहित प्रशासन सम्हाल्न आएका डा. श्याम सुन्दर यादवले पनि काम गर्ने अवस्था नभएपछि सबै कारोबार ठप्प भएको कर्मचारीको भनाइ छ । मन्त्रिपरिषद् बैठकले गत पुस ३० गते निर्णय गर्दै माघ ६ गते डा.श्यामसुन्दर यादव सहित महालेखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारीलाई पठाएको थियो । त्यसयता प्रतिष्ठानको आर्थिक कारोबार पूर्णरुपमा ठप्प छ । प्रतिष्ठानको ऐन र नियमावली अध्ययनपछि सरकारले पठाएका डा.श्यामसुन्दर यादव पनि आफू अधिकारविहिन अवस्थामा रहेको भन्दै फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने अवस्था भएपछि यादव काठमाडौं फर्किएका हुन् ।  सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिकारसमेत दिएर प्रतिष्ठान पठाएको थियो । तर, प्रतिष्ठानको ऐन, नियमावलीले उपकुलपतिलाई मात्र आर्थिक अधिकार दिएको र सरकारले पठाएका कर्मचारीलाई त्यस्तो अधिकार नभएको भन्दै प्रतिष्ठानका कर्मचारीहरुले तत्कालको अवस्थामा उनलाई सहयोग गर्न नसक्ने बताएपछि उनी काठमाडौं फर्किएका हुन् ।

जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार ठप्प

जनकपुरधाम उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा दुई महिनाभन्दा लामो समयदेखि आर्थिक कारोबार हुन सकेको छैन । स्थानीय तहको आन्तरिक लेखा परीक्षण विवरण प्राप्त गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले सम्बन्धित स्थानीय तहको खाता नयाँ आर्थिक वर्षका लागि नवीकरण गराउने प्रावधान छ । तर जनकपुरधाम उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षणको फाइल कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई उपलब्ध नगराएका कारण अझै खाता सञ्चालन हुन नसकेको हो ।नगर प्रमुख लालकिशोर साहले अघिल्लो आर्थिक वर्षको आन्तर

तस्वीर : लयमा फर्कने अवस्थामा न्यूरोडको आर्थिक कारोबार

काठमाडौं न्यूरोडस्थित व्यापारिक क्षेत्रमा सोमवार अपरान्ह देखिएको सवारी साधनहरुको चहलपहल । निषेधाज्ञा खुकुलो बनाउन शुरु गरिएपछि किनमेलका लागि सर्वसाधारणको चहलपहल बढ्दा यहाँको आर्थिक कारोबार विस्तारै लयमा फर्कन शुरु गरेको व्यापारीहरुले बताएका छन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान