ठप्प बीपी प्रतिष्ठान:  १६ वर्षदेखि बढुवा रोकिँदा आन्दोलित कर्मचारी

आपतकालीन सेवाबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी सेवा आइतबार ठप्प छ ।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान : सर्वोच्चको निर्णयले फुकायो जटिलता

धरान । सरकारले गत पुस ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै मन्त्रालयबाट कर्मचारी पठाएपछि बल्झिएको जटिलता सर्वोच्चले फुकाइदिएको छ । सर्वोच्च अदालतले बुधवार बहालवाला पदाधिकारीलाई काम गर्न, गराउन आदेश दिएसँगै विगतमा भएको अन्योल हटेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउँदै वहालवाला पदाधिकारीलाई काम गर्न/गराउन आदेश दिएपछि प्रतिष्ठानमा एक महीनादेखिको गतिरोध अन्त्य भएको छ । पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै दैनिक प्रशासन र आर्थिक प्रशासन हेर्न मन्त्रालयबाट डा. श्यामसुन्दर यादव र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले डा. यादव र महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुखलाई प्रतिष्ठान पठाएको थियो । तर प्रतिष्ठानको ऐन र नियमावलीले उनीहरूलाई काम गर्न बाधक भएपछि प्रतिष्ठानको समस्या चर्किएको थियो । सर्वोच्च अदालतको फैसलाले प्रतिष्ठानमा लामो समयदेखिको समस्याले निकास पाएको अस्पताल निर्देशक प्राडा. गौरीशंकर शाहले बताए । ‘सर्वोच्चले सही निर्णय गरेको छ, प्रतिष्ठानका पदाधिकारीलाई काम गर्ने वातावरण मिलेको छ, अब विगतको भन्दा अत्यन्त सजग भए काम गर्छौं,’ उनले भने । सरकारले रोक लगाएका कामहरू पनि फुकुवा भएकाले थाती रहेका काम क्रमिक रूपमा अघि बढ्ने उनको भनाइ छ । उनले भने, ‘प्रतिष्ठानको दैनिक गर्नुपर्ने काम कर्तव्य अब पदाधिकारीमा निहित भएको छ, अन्योलबीच गर्न नसकिएको दैनिक काम कारबाही सुचारु हुन्छ ।’ अदालतले आफूहरूलाई न्याय दिएको उनले बताए । अदालतको निर्णयसँगै प्रतिष्ठानका कर्मचारी, चिकित्सक, विद्यार्थीले पनि विद्यमान अन्योल हटेको बताएका छन् । प्रतिष्ठानमा भएको अन्योलकै कारण उनीहरूले समयमै तलब समेत पाउन सकेका थिएनन् । सर्वोच्च अदालतको निर्णयपछि प्रतिष्ठान  पुरानै लयमा फर्कने विश्वास गरिएको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले सर्वोच्च अदालतको फैसलाले प्रतिष्ठानमा देखिएको बाधाअड्चन हटेको बताए । अदालतको फैसलापछि मन्त्रालयबाट आएका डा. श्यामसुन्दर यादव बुधवार नै काठमाडौं फर्किएको प्रतिष्ठानका एक कर्मचारीले बताए ।

बीपी प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडकमा भएका खाल्डाखुल्डीले एम्बुलेन्स नै दुर्घटनाको जोखिममा परेका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करीब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ नै, दैनिक सयौंको संख्यामा अन्य सवारीसाधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रूट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्यधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीकै बीच सवारीसाधन चलाउनुपर्दा दुर्घटनाको सम्भावना बढेकोे एम्बुलेन्स चालक मिलन राई बताउँछन् । बिरामी बोकेर हिँड्नुपर्ने व्यस्त सडकमा खाल्डाखुल्डी हुनु बिरामीसहित यात्रुका लागि समेत जोखिम भएको अर्का एम्बुलेन्स चालक श्याम गुरुङ बताउँछन् । ‘प्रतिष्ठान छिर्ने सडक जीर्ण हुँदा बिरामीले अत्यन्तै कष्ट भोग्नुपर्ने बाध्यता छ,’ उनले भने । प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी परेको करीब ३ महीनाभन्दा बढी भइसकेको छ । दैनिक सयौंको संख्यामा बिरामी लिएर हिँड्ने सडकमै दुर्घटना गराउन सक्ने खाल्डाखुल्डी हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयको छ । ‘खाल्डाखुल्डी छ भन्ने थाहा हुँदाहँुदै पनि कहिलेकाहीँ त बिर्सिइँदो रहेछ, मोटरसाइकल खाल्डामा परेपछि मात्र थाहा हुन्छ,’ स्थानीय हेमराज भुजेलले भने, ‘बिरामी लिएर साइरन बजाउँदै आएको एम्बुलेन्सलाई साइड दिने ठाउँ समेत हुँदैन ।’ सडक मर्मत सुधारमा स्थानीय सरकारले चासो नदेखाएपछि अहिले सामाजिक सञ्जालहरूमा पनि आलोचना हुन थालेको छ । प्रतिष्ठानकै प्रशासन शाखामा कार्यरत कर्मचारी महेश्वर राईले खाल्डाखुल्डीको फोटो पोस्ट गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ३ महीनाअघि स्थानीयले प्रतिष्ठान जाने सडकको खाल्डाखुल्डी  पुर्न ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । चौतर्फी विरोध हुन थालेपछि उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम ग¥यो । तर केही दिन नबित्दै सडकमा पुनः खाल्डाखुल्डी परेका छन् । सडक निर्माणको दायित्व सडक डिभिजन कार्यालयको भन्दै उपमहानगरपालिका र बीपी प्रतिष्ठान पन्छिने गरेका छन् । तर सडक डिभिजनले चासो नदिनु र स्थानीय सरकारले पनि ‘झारो टार्ने’ काम मात्र गरेकाले समस्या समाधान नभएको स्थानीय बताउँछन् । राष्ट्रिय राजमार्ग अन्तर्गत सडक पर्ने भएकाले बेरुजू हुने डरले बजेट विनियोजन नगरिएको धरान उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरका अनुसार यो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ ।

लगातारको आन्दोलनले अस्तव्यस्त बन्दै बीपी प्रतिष्ठान

नेपालकै एउटा महत्वपूर्ण स्वास्थ्य संस्थाको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजसमेतको सहभागितामा शुरु भएको आन्दोलन सोमबार ८८ औं दिनमा पुगेको छ ।

बीपीमा अख्तियारको छापा : खरीद तथा निर्माणसम्बन्धी फाइल नियन्त्रणमा

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।

बीपी प्रतिष्ठान आन्दोलन : दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन सुरु गरेका उनीहरुले शुक्रवारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि १० बजेसम्म […]

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् । २२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको […]

बीपी प्रतिष्ठान र तीन संस्थाबीच वेग्ला वेग्लै सहमति

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र कर्मचारी कल्याण समाजबीच भएको वार्तामा २७ बुँदे सहमति भएको छ ।