प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश समितिले आज विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री राईलाई सङ्गठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रदेशको शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न ज्ञापनपत्रम...