विराटनगर : सूर्योदय टी प्रोड्युसर एसोसिएशनको प्रतिनिधिमण्डलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।नेपालमा उत्पादन भएको चिया तेस्रो मुलुकमा सहज तरिकाले निर्यात गर्न प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्ने माग राख्दै एसोसिएशनले बुधबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो।उनीहरूले सोही दिन एसोसिएशनको अध्यक्ष उत्तमकुमार श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईलाई समेत ज्ञापनपत्र बुझाएको एसोसिएशन