सुस्तावासीहरुले सीमामा जंगे पिलर राख्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । बर्षाैंदेखि विभिन्न समस्या झेल्दै आएका सुस्तावासीले बुधबार विभिन्न ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएका हुन् । संविधानसभा सदस्य देवकरण कलवारको नेतृत्वमा सुस्ता बचाउ अभियानका पदाधिकारी तथा सदस्यहरुले मुख्यमन्त्री केसीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरु २०२२ सालदेखि