पोल्यान्डको राष्ट्रिय फूटबल टोलीका गोलकीपर वोसिएक शेज्नी युरोको इतिहासमा आत्मघाती गोल गर्ने पहिलो गोलकीपर बनेका छन् ।
स्लोभाकियासँगको प्रतिस्पर्धामा सोमवार खेलको १८ मिनेटमा शेज्नीले आत्मघाती गोल गरेका हुन् ।
स्लोभाकियाका रोबर्ट माकले गोलको अवसर सिर्जना गरेका थिए । उनले त्यसक्रममा मैदानको देब्रे भागमा दुईजना पोलिश डिफेन्डरलाई छक्याएका थिए ।
उनले गोलका लागि प्रहार गर्दा बल पोस्टमा ठोकियो ।
पोस्टमा ठोकिएको बल शेज्नीमा ठोकिन आइपुग्यो अनि गोल भयो । त्यसैले अवसर बनाएको भए पनि ...