हमेल्सको आत्मघाती गोल, फ्राससँग जर्मनी पराजित

म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै  गोलपोस्टमा डाईभर्ट भइदियो । यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हा

सम्बन्धित सामग्री

जापान र स्पेन विश्वकपको नकआउटमा प्रवेश , जर्मनी र बेल्जियम बाहिरिए

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग समान चार  अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो । सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले  कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।त्यस्तै समुह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।  कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत आज भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा  अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यस्तै खेलको २३औँ मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन । कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो।

फ्रान्सलाई हराउँदै जर्मनी युरो कप फुटबलको फाइनलमा

काठमाडौं : फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन्। खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो।त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्मघाती गोल गर्दा फ्रा

नेसन्स लिग : इटलीको पहिलो जित, जर्मनी र इंग्ल्याण्डले खेले बराबरी

२५ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इटलीले पहिलो जित निकाल्दा जर्मनी र इंग्ल्यान्डले बराबरी खेलेका छन् । लिग ए अन्तर्गत समूह ए मा इटलीले हंगेरीलाई २-१ ले हरायो । इटालीलाई जित दिलाउन निकोलो बरेलाले ३० औं र लोरेन्जो पेल्लिग्रिनीले ४५ मिनेटमा गोल गरे । इटलीकै जियानलुका मान्सिनीले भने ६१औं मिनेटमा आत्मघाती गोल गरेका […]

नेसन्स लिगमा इटलीले हङ्गेरीलाई हरायो : जर्मनी र इङ्ग्ल्यान्डकाे बराबरी

यूईएफए नेसन्स लिग फुटबलमा इटलीले हङ्गेरीलाई हराएको छ । गएराति भएको खेलमा हङ्गेरीलाई २–१ गोलले हराउँदै इटलीले पहिलो जित निकालेको हो । इटलीका निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले एक/एक गोल गरे । खेलको ६१औँ मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेका थिए । जितसँगै समूह ‘सी’ को इटलीले २ खेलमा ४ अङ्क जोडेको छ । हङ्गेरी ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । यो समूहको अर्को खेलमा जर्मनी र इङ्ग्ल्यान्डले बराबरी खेलेका छन् । एक/एक गोलको बराबरी खेलेका जर्मनी र इङ्ग्ल्यान्डले अङ्क बाँडेका छन् । ज...

युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित

युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो । एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पह...

आत्मघाती गोलले हार्यो जर्मनी, फ्रान्सको विजयी सुरुवात

युरोकप अन्तर्गत गएरातिको खेलमा फ्रान्स १–० ले विजयी भएको छ । अलिनाज एरिना रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीका खेलाडीले गरेको आत्मघाती गोल नै फ्रान्सका लागि जित सावित भयो ।खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गोल गर्न पुगेका हुन् ।यस्तै  खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा क...

यु–१९ युरोपियन च्याम्पियनसिपको फाइनलमा पोर्चुगल र जर्मनी भिड्ने

एजेन्सी। जर्ज कुएन्काले आत्मघाती गोल उपहारमा पोर्चुगलले स्पेनलाई १–० ले हराउँदै यु–२१ युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। पोर्चुगलको जितमा स्पेनका कुएन्काले ८०औं मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बन्यो। पोर्चुगलले अब उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीले नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। जर्मनीका फ्लोरिन विट्जले दुई गोल गरे। नेदरल्यान्ड्सका पेर स्चर्सले गोल गरे।