युरोकप अन्तरगत पोर्चुगल र जर्मनीबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ ।
निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।
पहिलो खेल फ्रान्ससँग हालेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित गर्दा गरेको थियो ।