काठमाडौं : जाजरकोट र रूकुम (पश्चिम) मा भूकम्प गएको २ महिना पुग्दा पनि अझै कस्तो मोडालिटीमा विद्यालयको पुनर्निर्माण गर्ने भन्नेमा सरकार अन्योलमा रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै यसबारे अझै अन्योल रहेको भन्दै छलफल गरिरहेको जानकारी दिएको हो। आज (मंगलबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माण सम्बन्धमा छलफल भएको थियो।उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य सुमना