काठमाडौँ। शेयर बजारमा आज पनि गिरावट आएको छ। बुधबार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ।
आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, विकास बैंक, माइक्रोफाइनान्स, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।