काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ।सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबा