काठमाडौं। आज सुरु भएको संसदको अधिवशेनको पहिलो बैठक केही समय बसेर स्थगित भयो। बैठक स्थगित भएपछि सांसदहरू उठेर हिँडे। प्रधानमन्त्री पनि सिटबाट निस्किए। सँगैको अर्को प्रतिपक्षीको पहिलो सिटमा बसेका देउवालाई प्रधानमन्त्रीले फर्केर पनि हेरेनन्। उपनेता सुवासचन्द्र नेम्वाङले भने नमस्कार गरे। अर्को प्रतिपक्षीको रोको पहिलो कुर्सीमा रहेका प्रचण्डसँग भने प्रधानमन्त्रीले भेटे र कुरा पनि गरे। सँगै नेम्वाङ पनि थिए।