पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारकै संरक्षणमा मुलुकमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीले बलात्कारजस्तो राज्यविरुद्धको अपराध हुँदा समेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै उनले न्यायका लागि पहल कदमी लिन पनि पीडितहरूलाई आग्रह गरिन्। पूर्वप्रधानन्यायाधीश कार्कीले राज्य आर्दश भए मानव…