सरकारमा भाग खोजेर न्यायपालिकाको गरिमामाथि आँच पुर्याएको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई विवादमुक्त बनाउन मार्गप्रशस्त गर्नुपर्ने पूर्वप्रधानन्यायाधीश र कानूनविद्हरूले बताएका छन् ।
प्रधानन्यायाधीशको भूमिकाका कारण अदालत विवादमा परेको र उक्त विवाद निरुपणको एउटै उपाय प्रधानन्यायाधीश राणाले अर्को व्यक्तिका लागि मार्गप्रशस्त गरिदिनुपर्ने उनीहरूले राय व्यक्त गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले अदालतलाई विवादबाट मुक्त बनाउने काम प्रधानन्यायाधीशको भएकाले उनले नै त्यो भू...