नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल पार्टीबाट निष्काशनमा परेका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो ।
कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ । कट्टेलले नै नेकपाको नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा दिएका थिए । उनको मुद्दामा अदालतले फैसला गर्दा तत्कालीन नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भएका थिए ।
...