नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपा फुटाउने टुल्स बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । पार्टी अहितमा काम गरेको भन्दै कट्टेललाई सो पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन ग