काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन्। एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेकपा फिर्ता ल्याउने कट्टेल पार्टीबाटै निष्कासित भएका हुन्।