तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गराउने माध्यम बनेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै विभाजनतिर गएको छ । पार्टीभित्र दुई लाइन संघर्ष चर्किएसँगै पार्टीमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्नेदेखि अध्यक्ष ऋषि कट्टेललाई नै पार्टीबाट हटाउनेसम्मको निर्णय भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेपछि पार्टी फ