काठमाडौं । कमलपोखरीको माटोको टिका लगाएर सोमबार काठमडौंमा बृहत नागरिक आन्दोलन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, सन्जिब उप्रेति, डा. गोबिन्द केसी, मोहना अन्सारी र दयाहाङ राईलगायतको अगुवा समुहको नेतृत्वमा प्रतिगमनको विरोधमा बालुवाटार मार्च भएको हो ।