सर्वोच्चदेखि बालुवाटारसम्म न्याय मार्च (फोटो फिचर)

९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै पेशाकर्मीहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म पैदल हिँडेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय, रामशाहपथबाट सुरु भएको बालुवाटार न्याय मार्च भद्रकाली, शहीदगेट, सुन्धारा, हुदै बालुवाटार पुगेको थियो । विरोध र्‍यालीमा नेपाल बार एशोसिएसनका साथै बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, […]

सम्बन्धित सामग्री

विवादमा प्रधानन्यायाधीश: प्रथम महिला न्यायाधीश पनि सडकमा

बारको अगुवाइमा अन्य सात पेसागत संगठन र बृहत् नागरिक आन्दोलनको पहलमा बिहीबार ‘बालुवाटार न्याय मार्च’ मा नयाँ पुस्ताका जोसिला कानुनकर्मीमात्र होइन, ८६ वर्षीया सत्यभामा माथेमा पनि सहभागी भइन् । माथेमा नेपालकी प्रथम महिला न्यायाधीश हुन् ।

न्यायका लागि सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं, मंसिर ९ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानून व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानून व्यवसायीसँगै पेसागत सङ्गठनहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएको बारले बिहीबार अन्य पेसागत संगठनको सहयोग लिएर मार्चपास गरेको हो । बालुवाटार न्याय मार्च […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै बालुवाटारसम्म 'न्याय मार्च' (फोटोफिचर)

न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरे पनि बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ र संस्थाको समेत सहभागिता रहेको

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै ‘न्याय-मार्च’ सुरू

पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै  ‘न्याय-मार्च’गरिएको छ । विभिन्‍न पेसागत संगठनहरुको अगुवाइमा सर्वोच्च-बालुवाटार न्याय मार्च सुरु गरिएको हो ।

पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

बारसहित सात संस्थाद्वारा प्रधान न्यायाधीशबिरुद्ध बालुवाटार न्याय मार्च घोषणा

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरिएको छ। राणाको न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अन्य ६ संस्थाले साथ दिएका छन्। नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, […]