बाँकेकी निर्मला कुर्मीलाई न्याय दिनुपर्ने माग गर्दै धर्नारत महिला अधिकारकर्मीहरूले आइतबार बालुवाटार मार्च गरेका छन् । भदौरे झरीकाबीच धर्नारत महिला अधिकारका लागि राष्ट्रिय अभियानका अभियन्ताहरू, महिला अधिकारकर्मी र नागरिक अगुवाहरूले माइतीघरदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकैसम्म पैदल मार्च गरेका हुन् ।