माटोको टीका लगाएर सोमबार कमलपोखरी–बालुवाटार मार्चपास हुँदै

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको छ । ‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडक