काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगरप्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ। अभियानमा सडक अतिक्रमण गरेर औपचारिक सञ्चालन भएको व्यवसायले पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ। नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार अहिले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यस प्रकारको अभियान थालेको छ।