सिन्धुली आइपुगे मेची-महाकाली उल्टो पैदल यात्री

सिन्धुली । गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली आइपुगेका छन् । पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा शान्ति सुव्यवस्था र समस्त प्राणी जगतको कल्याणको कामना गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेको बताएका हुन् […]