गणतन्त्रका आलोचक, गगन थापाका प्रतिस्पर्धी

२८ भदौ, काठमाडौं । कतिपय युवा उम्मेदवारभन्दा भिन्न छन्, सन्तोष प्रधान चौधरी । समाजवाद मान्छु भन्छन्, तर गणतन्त्रमा पटक्कै रुचि छैन उनको । बरु नर्वेको शैलीमा नेपालको राजतन्त्र अघि बढ्नुपर्ने उनको मत छ । काठमाडौंमा जन्मी हुर्की यहीँ पढेका चौधरी एक दशकदेखि काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता गगन थापाका प्रतिस्पर्धी मध्ये एक […]

सम्बन्धित सामग्री

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’ : गगन थापा

काठमाण्डाै  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ । उहाँले भन्नुभयो,‘संसदीय दलको नेतामा प...

गगनलाई बधाई दिँदै राजनले भने– एकपटकको जय–पराजय सधैंभरिको हुनसक्दैन

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का पराजित उम्मेदवार राजन भट्टराईले आफ्नै प्रतिस्पर्धी गगन थापालाई बधाई दिएका छन् । ‘यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ’, भट्टराईले भनेका छन् । उनले आफूलाई मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै शुभचिन्तकहरूप्रति पनि धन्यवाद दिएका छन् । तर उनले लोकतन्त्रमा निर्वाचन नियमित प्र

काठमाडौं-४ मा गगन थापा अगाडि

काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ । थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।

काठमाडौं ४ मा मतान्तर बढाउँदै गगन थापा

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौंको ४ नम्बर क्षेत्रमा कांग्रेसका गगन कुमार थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धी छन्।पछिल्लो मत परिणामको ताजा अपडेटअनुसार गगनले ३४८९ मत प्राप्त गरेर अग्र स्थानमा छन् त्यस्तै दोस्रो स्थानमा भट्टराईले २७१९ मत पाएका छन्। त्यस्तै, राप्रपाको हलो चिन्हले ४१८ मत पाउँदा लोरो चिन्हले १९७ मत पाएको छ। ४५ हजार ७०५ मत खसेको यस क्षेत्रमा हाल ७५ सय ७१ मत गणना भएको बताइएको छ।उपत्यकालगायत विभिन्न जिल्

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

काठमाडौँ,१ मँसिर । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र […]

काठमाण्डौ ४ र ५ : गगनलाई राजनको र ईश्वर–प्रदीपलाई स्वतन्त्रको चुनौती

यसपटकको चुनावमा पनि काठमाण्डौ ४ मा पुरानै प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गगन थापा तथा एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । थापा तेस्रो पटक जितेर आफूलाई देशको प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहनु भएको छ भने भट्टराई आफ्नो हारको बदला लिने दाउमा हुनुहुन्छ । संविधान सभाका दुई निर्वाचनमा काठमाण्डौको यस क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । पहिलो संविधान सभा चुनावमा कांग्रेसकी सुप्रभा घिमिरेले वर्तमान राष्ट्रपति तथा तत्कालीन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई र दोश्रो संव...

गगन र राजनको घरदैलो कार्यक्रम : अघिअघि गगन, पछिपछि राजन (फोटोफिचर)

मंसिर ४ को निर्वाचनमा धेरैको चासोको क्षेत्र बनेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिस्पर्धी उम्मेदवारहरू गगन थापा र राजन भट्टराईलाई पनि अहिले अन्य उम्मेदवारहरूलाई जस्तै आफ्ना क्षेत्रका मतदाताबीच पुगेर मत माग्न र आशीर्वाद थाप्ने चटारो छ ।अन्य उम्मेदवारहरू जस्तै दैनिक बिहान ७ बज्दानबज्दै सचिवालयले तयार गर्ने कार्यतालिका अनुसार वडा, बस्ती टोलका घरघरमा पुगेर हात जोडेर नमस्कार गर्दै मत माग्नु थापा र भट्टराईको दैनिकी बनेको हो ।कांग्रेस महामन्त्रीसमेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार ह

यस्तो छ काठमाडौं ४ मा गगन–राजन टक्करको सम्भावित दृश्य

२३ असोज, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धी बन्दैछन् । चुनावी मैदानमा रहेका यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धी देखिन्छन् । काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक […]

प्रतिस्पर्धी पार्टी छियाछिया भएको छ, काँग्रेस पहिलो बन्छ : गगन थापा

नेपाली काँग्रेस महामन्त्री गगन थापाले काँग्रेस यो पटक पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले काँग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको बताएका हुन् । ‘नेपाली काँग्रेस यो पटक पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी छियाछिया भएको छ । एमाले टुक्रिएको छ’, थापाले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ ।’पहिलो

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।