प्रतिस्पर्धी पार्टी छियाछिया भएको छ, काँग्रेस पहिलो बन्छ : गगन थापा

नेपाली काँग्रेस महामन्त्री गगन थापाले काँग्रेस यो पटक पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले काँग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको बताएका हुन् । ‘नेपाली काँग्रेस यो पटक पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी छियाछिया भएको छ । एमाले टुक्रिएको छ’, थापाले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ ।’पहिलो

सम्बन्धित सामग्री

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक […]

गगन थापा केन्द्रीय कार्यालय सानेपामा

काठमाडौँ । काँग्रेस महामन्त्रीमा विजय भएपछि गगनकुमार थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । आज (बिहीबार) भएको मत गणनामा उनले फराकिलो मतले महामन्त्री पद जितेका हुन् । पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अबिर, फूलमालाले स्वागत गरेका छन् । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले […]

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।

काँग्रेस महामन्त्रीमा गगन थापा विजयी

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका  डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जित

गगन थापा काँग्रेस महामन्त्रीमा विजयी

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । ४ हजार मत गन्दा उनले २५८१ मत कटाएका छन् । अब ७ सय मत गन्न बाँकी छ । ७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन । प्रकाशरणको १३२७ मत छ । थापाको विजयको औपचारिक […]

गगन थापा बाहिरिएपछि प्रदीप पौडेल बने सिटौलाका विश्वासपात्र

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले युवा नेता प्रदीप पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका  छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरे । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् । ‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र

अब पनि सुध्रिएन भने काँग्रेस समाप्त भएर जान्छ : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अव पनि नसुध्रिने हो भने समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौँमा शंकर तिवारीले लेखेको पुस्तक ‘कसले सुधार्ने काँग्रेस’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताएका हुन् । उनले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सक्नुपर्ने

विश्व बैङ्क र मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित

काठमाडौँ । काँग्रेस नेता तथा सांसद गगन थापा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२१ देखि २०२३ सम्म रहनेछ । थापाले आफू निर्वाचित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। सञ्जालको बोर्डमा १ सय ४० […]

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित भएका छन् । उनी सन् २०२१ देखि २०२३ का लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा  निर्वाचित भएका हुन् । यसबारे जानकारी दिँदै थापाले ट्वीटरमा लेखेका छन्-वर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ। उनले यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै अबको दुई वर्ष समावेशी विक...

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।  सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति  बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् । सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ।  २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने  निर्वाचन समितिले जनाएको छ ।