काठमाण्डौ ४ र ५ : गगनलाई राजनको र ईश्वर–प्रदीपलाई स्वतन्त्रको चुनौती

यसपटकको चुनावमा पनि काठमाण्डौ ४ मा पुरानै प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गगन थापा तथा एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । थापा तेस्रो पटक जितेर आफूलाई देशको प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहनु भएको छ भने भट्टराई आफ्नो हारको बदला लिने दाउमा हुनुहुन्छ । संविधान सभाका दुई निर्वाचनमा काठमाण्डौको यस क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । पहिलो संविधान सभा चुनावमा कांग्रेसकी सुप्रभा घिमिरेले वर्तमान राष्ट्रपति तथा तत्कालीन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई र दोश्रो संव...