धेरै नाफा र घाटा व्यहोर्ने पाँच-पाँच संस्था, कमाउने दुईमा आयल निगम

काठमाडौं : लामो समयदेखि निरन्तर घाटामा रहेको नेपाल आयल निगम गत आर्थिक वर्षदेखि नाफामा जान थालेको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेसँगै अर्बौं घाटामा रहेको आयल निगम नाफामा पुगेको छ।  राजनीतिक दबाबको कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा बढाउन नसक्ने र घटाउँदा घटाउनु पर्ने ...

सम्बन्धित सामग्री

निगम ऋणमुक्तपछि इन्धनमा मूल्य कटौती अपेक्षा

एकै वर्षमा करिब ५० अर्ब रुपैयाँसम्म घाटा बेहोरेको नेपाल आयल निगम मंगलबारबाट ऋणमुक्त भएको छ । सरकारी स्वामित्वको निगमले ऋणमुक्त भएर नाफा कमाउन थाल्नु सुखद छ । निगम इन्धन बिक्रीको नाफाबाट सबै ऋण चुक्ता गर्न सफल भएको हो ।

दुई महिनामै डेढ अर्ब नाफा सुनिश्चित गरेको आयल निगम निरन्तर मूल्यवृद्धि गर्दै

नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ । आयल निगमलाई कहिल्यै घाटा नहुने, तर...

आयल निगम भन्छ– अहिले भाउ घटाउन सकिन्न, हाम्रो समस्या बुझिदिनुहोस्

काठमाण्डाै – निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन नेपाल आयल निगमले नागरिकलाई आग्रह गरेको छ । केही समय अगाडिसम्म निगमलाई प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ र डिजलमा ४६ रुपैयाँसम्म घाटा हुँदा पनि नागरिकको समस्या बुझेर भाउ नबढाएको र अहिले थोरै घटेर आउँदा भाउ घटाएन भनेर निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन निगमले सबै नागरिकलाई आग्रह गरेको हो । भाउ केही घटेर आएकाले पेट्रोलमा नाफा भए पनि डिजल र एलपी ग्यासमा निगमलाई अझै घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । सरकारले त नाफ...

नगदमा कारोबार हुँदा पनि आयल निगम घाटामा किन ? यस्तो छ यथार्थ

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट तेल खरिद गरेको रकम तिर्न पैसा अभाव भएको जनाएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्यसूची आउने गर्दछ । तर, निगमले हरेक पटक बढाउँदैन । कहिले राजनीतिक कारण त कहिले दबाब महशुस हुँदा निगम घाटामा पेट्रोलियम पदार्थको व्यापार गरिरहेको बताउँछ ।कति छ घाटा ?चालु आर्थिक वर्षको हालसम्मको ६ महिनामा १२ पटक भारतबाट नयाँ मूल्य प्राप्त गरेकोमा अधिकांश पटक मूल्य बढेर आएको थियो । तर ३ पटक मात्रै मूल्य समायोजन गरेकोले निगम घाटामा गई भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभावको अवस्था सिर्जना भएको निगम बताउँछ ।पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुरूप निगमको आपूर्तिकर्ता ईण्डियन आयल कर्पोरेशनबाट माघ २ मा प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करिब २ अर्ब २४ करोड घाटा हुने देखिएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म १९ अर्ब २६ करोड घाटा ब्यहोरिसकेको निगमले आगामी १५ दिनमा थप २ अर्ब २४ करोड घाटा हुने जनाईसकेको छ ।निगमका अनुसार ईण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि २ अर्ब अपुग हुने देखिएको छ ।नगदमा कारोबार हुँदा पनि आँखिर किन छ घाटा ?झट्ट हेर्दा नगदमा ल्याएर नगदमै बिक्रि गर्ने चिजबाट कसरी घाटा हुन्छ भन्ने चासो आम सर्वसाधारणको छ । तर लागत भन्दा कम मुल्यमा पेट्रोलियम पदार्थ बिक्रि गर्दै आएकाले नगदमा कारोबार गर्दा पनि निगम घाटामा गएको हो। २०७८, माघ २ गते अन्तराष्ट्रिय बजार मुल्य पेट्रोलको प्रति लिटर ७९.४० रुपैयाँ रहेको र त्यसमा राजश्व लगायतका बिभिन्न शिर्षकको खर्च जोड्दा लागत प्रति लिटर १४९ रुपैयाँ १८ पैसा पर्न गएको छ। तर निगमले भने प्रति लिटर १३ रुपैयाँ १८ पैसा घाटा खाएर पेट्रोल प्रति लिटर १३६ रुपैयाँमा नेपाली बजारमा बिक्रि गरिरहेको छ। त्यस्तै निगमले डिजलमा प्रति लिटर ८ रुपैयाँ ८१ पैसा घाटा खाएर बिक्रि गरिरहेको छ भने खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर ६४६ रुपैयाँ १६ पैसा घाटा खाएको छ। तर मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई फाइदा रहेको छ। हाल प्रति लिटर मट्टितेलबाट हुने २०.५० रुपैयाँ नाफा र हवाइ इन्धनबाट हुने १४.७३ रुपैयाँ औसत नाफाको भरमा निगम रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीको भनाई छ । यस तथ्यांकले पनि नगदमा पेट्रोलियम पदार्थ कारोबार हुँदाहुँदै पनि निगम कसरी घाटामा गएको छ भने कुरा यस तथ्यांकले देखाउछ। भारतीय सिमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य ३८ रुपैयाँ ०३ पैसा सस्तो छ । रक्सौलमा १७२.५३ नेपाली रुपैयाँ रहेको पेट्रोल नेपाल प्रवेश गर्नासाथ १३४.५० रुपैयाँमा पाइन्छ ।नेपालको वीरगञ्ज क्षेत्रमा ११७.५० रुपैयाँमा उपलब्ध हुँदै आएको डिजेल भारतको रक्सौलमा १४८.६२ नेपाली रुपैयाँ पर्छ । रक्सौल र वीरगञ्जमा डिजेलको मूल्य ३१.१२ रुपैयाँको फरक छ । जसका कारण निगम भारतीय आयल कर्पोरेशनलाई पैसा तिर्नै नसक्ने अवस्थामा पुगेको हो ।

घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […] The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

६ वर्ष नाफा कमाएको निगमलाई ४ अर्ब घाटा हुने अनुमान

विगत ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम घाटामा गएको छ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएकाले यो वर्ष निगम घाटामा गएको हो । आर्थिक वर्ष २०७१-०७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आर्थिक वर्ष २०७७-०७८ मा भने ४ अर्ब घाटामा जाने अनुमान गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा लगातार […]

निगमलाई १५ दिनमा एक अर्ब घाटा

ग्यासमा प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ घाटालामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहोरदै आएको छ ।अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो एक महिना यता निगमले घाटा बेहोरनु परेको हो । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले निगमले १५ दिनमा झन्डै […]