फेरि ऋण माग्ने अवस्थामा आयल निगम ! सञ्चित मुनाफा सकियो, स्थिरीकरण कोषले २ महीना धान्ने

माघ ३, काठमाडौ । पछिल्लो ५ वर्षदेखि आफ्नै स्रोतबाट पेट्रोलियम पदार्थ किनेर विक्री गरिरहेको आयल निगम सम्भवत: अवको दुई महीनापछि फेरि ऋण मागेर तेल किन्ने अवस्थामा पुग्ने देखिएको छ । पछिल्लो करिब एक वर्षदेखि आयल निगम निरन्तर घटामा छ । अन्तरराष्ट्रिय बजारमा उकालो लागेको तेलको मूल्यका कारण निगम १० महीनादेखि लगातार घाटमा गएको हो । निगमको मासिक घाटा अहिले तीन अर्ब रुपैयाँ हाराहारी छ । गत कात्तिकमा सर्वाधिक करिब ५ अर्ब रुपैयाँसम्म घाटामा गएको निगम अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य केही घटेपछि अहिले ३ अर्ब भन्दा केही बढी घाटामा छ । पछिल्लो ६ महीनामा निगमको घाटा १८ अर्ब रुपैयाँ नाघेको निगमले जनाएको छ । चालु आर्थिक वर्षको छ महीना (साउन–पौष) मा मात्रै निगमलाई १८ अर्ब बढी घाटा भएको निगमका निर्देशक नागेन्द्र झाले आर्थिक अभियानलाई जानकारी दिए । यसरी नै घाटा बढ्दै जाने हो भने निगमले ऋण लिनुको विकल्प नरहेको निर्देशक झा बताउँछन् । 'निगमले तेल खरीद गर्न ऋण लिनु पर्ने आवस्था आउन सक्छ‘, झाले भने, 'सञ्चित मुनाफा सकियो,  मूल्य स्थिरीकरण कोषमा करीब १० अर्ब रुपैयाँ मात्रै बाँकी छ । यसले करीब २ देखि अढाई महिना मात्रै धान्छ । त्यसपछि त ल्याप्चे लगाउँदै ल्याउने हो ।' कुन महीना कति घाटा ? साउनमा १ अर्ब ७० करोड रुपैयाँ घाटामा गएको निगम भदौमा १ अर्ब ८२ करोड रुपैयाँ, असोजमा २ अर्ब २३ करोड रुपैयाँ, कार्तिकमा ४ अर्ब ९५ करोड रुपैयाँ, मसिरमा ४ अर्ब ३८ करोड रुपैयाँ र पुसमा ३ अर्ब १० करोड रुपैयाँ घाटामा गएको छ । नेपाल आयल निगमलाई भारतीय आयल निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाउँछ । तर तेलको मूल्य अत्यधिक वृद्धि भएको भन्दै सरकारको आलोचना भएपछि एक महीना यता नेपालमा तेलको मूल्य घटबढ भएको छैन । १५ दिनको तथ्याक हेर्ने हो भने पनि निगमले १ अर्ब ५७ करोड रुपैयाँ नोक्सान ब्यहोरेको छ । यहि अवस्था कायम रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी हुनसक्ने प्रक्षेपण गरेको छ । ग्यासबाट मात्रै मासिक दुई अर्ब बढी घाटा आयल निगमलाई अहिले ग्यास विक्रीबाट मात्रै मासिक २ अर्ब रुपैयाँ बढी घाटा भइरहेको छ । एक सिलिण्डर ग्यासमै ६४७ रुपैयाँ घाटा खाइरहेको निगमले पेट्रोल लिटरमा १० रुपैयाँ र डिजेल लिटरमा साढे चार रुपैयाँ घाटा खाइरहेको छ । पन्ध्र दिनमा पेट्रोल विक्रीबाट ३४ करोड ११ लाख, डिजेल विक्रीबाट ४१ करोड ३० लाख, एलपी ग्यास विक्रीबाट १ अर्ब १५ लाख घाटा ब्यहोर्दा  मट्टिलेलमा १ करोड ८६ लाख आन्तरिकतर्फको हवाई इन्धन विक्रीबाट २ करोड ४३ लाख र  अन्तरराष्ट्रियतर्फको हवाई इन्धन विक्रीबाट १० करोड ९६ लाख रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण रहेको छ । पेट्रोलको खरीद मूल्य प्रतिलिटर ७६ रूपैयाँ ४८ पैसा, डिजेल प्रतिलिटर ७३ रूपैयाँ ६८ पैसा, मट्टितेल ७० रूपैयाँ ३० पैसा र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रूपैयाँ ७७ पैसा छ ।  खरिद मूल्यमा सरकारी कर तथा मूल्य अभिवृद्धि कर, पेट्रोलमा ५७ रूपैयाँ ७३ पैसा, डिजेलमा ४० रूपैयाँ ४१ पैसा, मट्टितेलमा १९ रूपैयाँ ९८ पैसा, आन्तरिक हवाई इन्धनमा १८ रूपैयाँ १ पैसा, अन्तर्राष्ट्रिय हवा इन्धनमा ९ रूपैयाँ १० पैसा र एलपी ग्यास सिलिन्डरमा २८७ रूपैयाँ ३१ पैसा अतिरिक्त शुल्क लाग्दै आएको छ । त्यस्तै, निगमले कार्यालय सञ्चालन, इन्धन मौज्दात, ब्याज, प्राविधिक, ह्रासलगायत विभिन्न शीर्षकमा गरी प्रतिलिटर पेट्रोलमा एक रूपैयाँ ९६ पैसा, डिजेलमा एक रूपैयाँ ५३ पैसा, मट्टितेलमा एक रूपैयाँ ४९ पैसा आन्तरिकतर्फ हवाई इन्धनमा एक रूपैयाँ ४२ पैसा, अन्तरराष्ट्रियतर्फ  हवाई इन्धनमा एक रूपैयाँ ४१ पैसा र प्रति सिलिन्डर ग्यासमा ११ रूपैयाँ ६५ पैसा थप जोड्ने गरेको छ । ढुवानी भाडा र विक्रेताको मुनाफा गरी पेट्रोलको कुल लागत मूल्य प्रतिलिटर एक सय ४६ रूपैयाँ ५० पैसा, डिजेलको एक सय २३ रूपैयाँ ५५ पैसा, मट्टितेलको ९८ रूपैयाँ ७० पैसा, आन्तरिकतर्फ हवाई इन्धनको ९२ रूपैयाँ ०४ पैसा, अन्तरराष्ट्रियतर्फ हवाई इन्धनको ८३ रूपैयाँ १ पैसा र ग्यासको लागत मूल्य प्रति सिलिन्डर २ हजार २ सय २२ रूपैयाँ ०८ पैसा रहेको छ । काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर एक सय ३६ रूपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १९ रुपैयाँ, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय रूपैयाँ, अन्तरराष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.८९५ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर एक हजार  ५ सय ७५ रूपैयाँ तोकिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा,  डिजेलमा ४ रुपैयाँ ५५ पैसा र एलपी ग्याँस प्रतिसिलिन्डर ६ सय ४७ रुपैयाँ घाटा ब्यहोर्दै आएको छ । मट्टितेल र हवाई ईन्धनमा भने झिनो नाफा खाएर विक्री गरिरहेको छ ।   भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३८ रूपैयाँ २४ पैसा, डिजेल ३१ रूपैयाँ ३१ पैसा, अन्तरराष्ट्रिय हवाई इन्धन प्रतिलिटर ०.१० अमेरिकी डलर र ग्यास प्रतिसिलिन्डर ५० रूपैयाँ ६५ पैसा सस्तो छ । 

सम्बन्धित सामग्री

दुई महिनामै डेढ अर्ब नाफा सुनिश्चित गरेको आयल निगम निरन्तर मूल्यवृद्धि गर्दै

नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ । आयल निगमलाई कहिल्यै घाटा नहुने, तर...

आयल निगम सर्वाधिक नाफा गर्ने संस्थान, प्राधिकरण दोस्रो

दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगम गत आवमा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा आर्जन गर्न सफल भएकाे छ । सरकारको पूर्ण तथा आंशिक लगानीमा सञ्चालित ४२...

आयल निगम कर्मचारी संघका अध्यक्षको माग- निगम नाफा गयो, कर्मचारीलाई बोनस चाहियो

नेपाल आयल निगम लिमिटेडको आधिकारिक टे«ड युनियय (कर्मचारी संघ) का अध्यक्ष वीरेन्द्र चन्दले बोनस खान पाउनु पर्ने माग राखेका छन् । आयल निगम गत आर्थिक वर्ष ०७९–८० मा १८ अर्ब रुपैयाँभन्दा...

कम पेट्रोलियम ढुवानी गर्ने ट्यांकरलाई संरक्षण गर्दै आयल निगम

लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स...

एक वर्षमा २४ अर्ब कमाएर आयल निगम बक्यौतामुक्त

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...

लुभुका किसानले घेरे आयल निगम

१९ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् । लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले तत्काल मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । ‘हामी किसानहरु लाई […]

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै लुभुका किसानले घेरे आयल निगम

आयल निगमले गरेको इन्धनको मूल्यवृद्धीका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै लुभुका किसानहरुले आयल निगम घेराउ गरेका छन्। प्रतिरोधको आयोजनामा लुभुमा जग्गा भाडामा लिएर खेतिपाती गरिरहेका किसानहरुले आयल निगम घेराउ...

सबैभन्दा धेरै भन्सार तिर्ने आयल निगम सम्मानित

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । नेपाल आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो ।यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो । यस्तै, आज मेची भन्सारले उत्कृष्ट पाँच कर्मचारीलाई समेत सम्मान गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रो

आयल निगम ६ वर्षपछि घाटामा

१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । […]