काठमाण्डाै – निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन नेपाल आयल निगमले नागरिकलाई आग्रह गरेको छ । केही समय अगाडिसम्म निगमलाई प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ र डिजलमा ४६ रुपैयाँसम्म घाटा हुँदा पनि नागरिकको समस्या बुझेर भाउ नबढाएको र अहिले थोरै घटेर आउँदा भाउ घटाएन भनेर निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन निगमले सबै नागरिकलाई आग्रह गरेको हो ।
भाउ केही घटेर आएकाले पेट्रोलमा नाफा भए पनि डिजल र एलपी ग्यासमा निगमलाई अझै घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । सरकारले त नाफ...