इराकमा अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने हुनुभएको छ । योसँगै पछिल्लो एक वर्षदेखि इराकमा भइरहेको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार उहाँले संसदमा भएको मतदानमा १ सय ६० भन्दा धेरै सांसदको समर्थन प्राप्त गर्नुभएको छ । इराकमा सांसदको सङ्ख्या ३ सय २९ रहेको छ । उहाँले अहिलेका कार्यवाहक राष्ट्रपति बरहाम सालेहलाई झट्का दिनुभएको छ । सालेहले जम्मा ९९ सांसदकाे समर्थन पाउनुभएको छ ।
इञ्जिनियर समेत रहेका ७८ वर्षका रशिद सन् २००३ देखि २०१० सम्म जल संशाधन मन्त्रीसमेत बन्नुभएको थियो । अब...