श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे त्यहाँका कार्यवाहक राष्ट्रपति बनेका छन्। राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिएपछि रनिल बुधवार राष्ट्रपति नियुक्त भएका हुन्। राष्ट्रपति बने लगत्तै उनले देशभर शान्ति सुरक्षा कायम गर्न अपील गरेका छन्। साथै कर्फ्यूको पनि घोषणा गरेका छन्।
केही दिनअघि सडकमा ओर्लिएका नागरिकहरुले राष्ट्रपति राजपाक्षेत्रको सरकारी निवास कब्जामा लिएका थिए।…