बाटो मर्मतको कारण साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडा सम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ । यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो