बत्तीसपुतलीदेखि संसद् भवनसम्म फोहोरको थुप्रो !

 महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ । अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल