काठमाडौं, भदौ १०। नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत […]