दशैंको मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो । 

सम्बन्धित सामग्री

नौ वर्षपछि तातोपानी हुँदै खासाबाट सामान लिएर फर्किए तीन कन्टेनर

भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् । चिनियाँ नाका तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिएका हुन् ।

एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने

चिनियाँ नाका खुल्नेमा अन्योल कायमै, अर्ब बढीको दशैंका सामान बीच सडकमै अलपत्र

कोरोनाको कारण देखाएर चिनियाँ पक्षले रसुवागढी र तातोपानी नाका एकाएक बन्द गरेपछि नेपाली व्यवसायीले चीनबाट आयात गरेका झण्डै सवा अर्ब बराबरको सामान बीच सडकमै अलपत्र परेको छ ।

अन्तर्राष्ट्रिय नाका पुग्ने सडकमा खाल्डा र पहिरो

ठाउँठाउँमा परेका खाल्डाखुल्डीले उत्तरी चिनियाँ नाका रसुवागढी पुग्ने सडकमा यात्रुलाई सास्ती खेप्नुपरेको छ । रसुवाको स्याउबारीदेखि धुन्चे, स्याफ्रु हुँदै रसुवागढीसम्म पुग्दा ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण हुने गरेको कन्टेनर चालक रामशरण आचार्यले बताए ।

चिनियाँ नाका खोल्न सरकारी बेवास्ता : आयात न्यून‚ निर्यात ठप्प

काठमाडौं : कोरोना महामारीको कारण देखाउँदै चीनले लामो समयदेखि नेपाल भित्रिने नाकामा कडाइ जारी राखेपछि नेपाली व्यापारीहरू मर्कामा परेका छन्। चीनले रसुवाको केरूङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कडाइ गरेपछि समस्या भएको नेपाली व्यापारीहरू बताउँछन्।चिनियाँ पक्षले एक दिनमा १४/१५ वटा कन्टेनर मात्रै नेपाल प्रवेश गर्न दिँदा अर्डर गरिएको सामान चीनतर्फ नै थन्किएको व्यवसायीहरुको गुनासो छ। कोरोना महामारीअघि केरूङ नाकाबाट दैनिक ८० देखि १०० वटासम्म कन्टेनरमा सामान भित्रिने गरे पनि अहिले त्यो संख्या १४/१५ वटाम

चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायीका १ हजार कन्टेनर रोकिए

चिनियाँ कठोर नीतिका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । नेपाली व्यवसायीले दशैँ तथा तिहारका लागि चीनबाट झिकाएका सामान बोकेका कन्टेनरहरु सीमापारी नै रोकिएपछि नेपाली व्यवसायी मर्कामा परेका हुन् । १ हजारभन्दा धेरै कन्टेनरहरु चिनियाँ नाकामा रोकिएका छन् । तर, चिनियाँ पक्षले भने दिनको बढीमा १० वटा कन्टेनर मात्रै पठाउँदै आएको छ । जसका कारण अर्बौ लगानी गरेर व्यवसायीले मगाएका मालबस्तु अब दशैँमा बिक्रि नहुने पक्का भएको हो ।तातोपानी नाकाबाट दैनिक १० कन्टेनर सामान आयात हुँदै आएको छ । यो अत्यन्त न्यून हो । रसुवाबाट त झन दैनिक ९ कन्टेनर बढी आयात हुनै सकेको छैन । तातोपानी र रसुवागढी नाकामा नेपालीको आवतजावतमा अघोषित प्रतिबन्धका कारण पनि नेपाली व्यवसायीहरु हरेक वर्ष समस्यामा पर्दै आएका छन् । सधैं समस्यामा व्यापारीकोभिड–१९ को कारण देखाएर नेपाल आयात हुने कन्टेनरको संख्या दैनिक १० भन्दा बढी गर्न चीन तयार छैन । चीनको यो कठोर नीति पुनरावलोकनका लागि नेपाल सरकारले स्पष्ट मागसहित वार्तामा बस्न नसक्दा समस्या सिर्जना भएको हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरु बताउँछन् ।सीमित कन्टेनरबाट मात्रै आयात हुँदा दशैँका लागि झिकाईएका सामाना काठमाडौँ आईपुग्दा मंसिर लाग्ने भएकाले आफूहरुको उत्तरी नाका प्रतिको विश्वास गुम्दै गएको व्यवसायीहरुको गुनासो छ । चीनतर्फ निर्यात गर्ने नेपाली व्यवसायीहरु अहिले पलायन भएका छन् । आयात गर्ने व्यवसायीहरु पनि चिनियाँ नाका छोडेर भारतीय नाकातर्फ ‘डाइभर्ट’ हुनु परेको छ ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ पनि आवागमन सहज बनाउन पहल गरिदिन आग्रह गर्दै आफूहरु ज्ञापनपत्र बोकेर प्रधानमन्त्री कार्यालय, पराराष्ट्र मन्त्रालयको कार्यालय, उद्योग मन्त्रालयको ढोकाढोका धाउन थालेको महिनौँ भएपनि कतैबाट कुनै पहल नभएको बताउँछन् ।‘सदनमा ८ वटा १० वटा कन्टेनर छाडेर कति दिनमा काठमाडौँ सामान आइपुग्छ ? यता व्यवसायीहरु बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्दा तिर्दा कंगाल भएर पलायन भईसके, सामान अझै उतै छ’ उनी भन्छन् ।

दसैँकाे मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।

केरुङमा रोकिएका १२ सय कन्टेनर दशैंअघि नै छुटाउन व्यवसायीको माग

३० भदौ, काठमाडौं । चिनियाँ नाका केरुङमा १० महिनादेखि मालवाहक कन्टेनर रोकिएपछि व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई दशैंअघि नै छुटाउने पहल गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा सिंहदरबार …