चिनियाँ नाका खोल्न सरकारी बेवास्ता : आयात न्यून‚ निर्यात ठप्प

काठमाडौं : कोरोना महामारीको कारण देखाउँदै चीनले लामो समयदेखि नेपाल भित्रिने नाकामा कडाइ जारी राखेपछि नेपाली व्यापारीहरू मर्कामा परेका छन्। चीनले रसुवाको केरूङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कडाइ गरेपछि समस्या भएको नेपाली व्यापारीहरू बताउँछन्।चिनियाँ पक्षले एक दिनमा १४/१५ वटा कन्टेनर मात्रै नेपाल प्रवेश गर्न दिँदा अर्डर गरिएको सामान चीनतर्फ नै थन्किएको व्यवसायीहरुको गुनासो छ। कोरोना महामारीअघि केरूङ नाकाबाट दैनिक ८० देखि १०० वटासम्म कन्टेनरमा सामान भित्रिने गरे पनि अहिले त्यो संख्या १४/१५ वटाम