अन्तर्राष्ट्रिय नाका पुग्ने सडकमा खाल्डा र पहिरो

ठाउँठाउँमा परेका खाल्डाखुल्डीले उत्तरी चिनियाँ नाका रसुवागढी पुग्ने सडकमा यात्रुलाई सास्ती खेप्नुपरेको छ । रसुवाको स्याउबारीदेखि धुन्चे, स्याफ्रु हुँदै रसुवागढीसम्म पुग्दा ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण हुने गरेको कन्टेनर चालक रामशरण आचार्यले बताए ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रूपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिराले करिब […]

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । The post नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो

म्याग्दी – गए रातिदेखि परेको पानीसँगै पहिरो खसेर म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक बन्द भएको छ । बेनी–जोमसोम खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।    राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दी खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो । बेनी–जोमसोम सडक...

हाँडेभिरमा सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ खण्डअन्तर्गत बेनी नगरपालिका–२, हाँडेभिरमा शुक्रवार साँझ सुक्खा पहिरो खसेको छ। पहिरो खसेपछि शुक्रबार साँझदेखि बेनी–बागलुङ सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनायो।

म्याग्दीको एउटै पालिकामा २१६ पहिरो, सबै बस्ती जोखिममा

म्याग्दी : जिल्लाको एउटै गाउँपालिकामा रहेका २१६ घर पहिरोका कारण वस्ती जोखिममा परेका छन्। स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन्। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वटा वडामा साना ठूला गरी २१६ वटा पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको गाउँपालिकाले जनाएको छ।‘गाउँपालिका भित्र २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकर

घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

चितवन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । The post घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षाका कारण देशका ८ जिल्लामा पहिरो गएको छ भने ६ जिल्लामा बाढी आएको छ । राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्ल्ला पनि बाढीबाट प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार रोल्पा, रुकुम पश्चिम, जाजरकोट, म्याग्दी, नुवाकोट, धादिङ, स्याङ्जा र रुकुम पूर्वमा पहिरो गएको छ । यस्तै काठमाडौं, ललितपुर, […]

पहिरो पन्छाएपछि पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक दुईतर्फी खुल्यो

म्याग्दी – मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक आज बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।  वर्षाका कारण पहिरो खसेर गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको ह...

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो, १० जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ ।

पछिल्लो चौबिस घण्टामा २४ स्थानमा पहिरो, ४ ठाउँमा बाढी

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो चौबिस घण्टामा देशका २४ स्थानमा पहिरो र ४ स्थानमा बाढी गएको बताएको छ। ती घटनाा एक जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता परेका छन्। प्राधिरणका अनुसार पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, रोल्पा, अर्घाखाँची, धादिङ, रसुवा, मकवानपुर, गुल्मी, नवलपरासी पूर्व र बझाङका बिभिन्न स्थानमा पहिरो गएका छन्।