विक्रम सम्वत् २०१५ सालमा नेपालको पहिलो संसद बैठक बसेको भवन अहिले कस्तो होला ? सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पुग्नुभयो भने तपाईले यो भवन दयनीय अवस्थामा भेट्न हुनेछ ।राणाकालीन ग्यालरी बैठक भवनका रुपमा रहेको नेपालको पहिलो संसद भवन सरकारी उपेक्षामा परेको धेरै भइसक्यो । ०४६ सालमा बहुदल आएपछिका तीन कार्यकाल ०४८, ०५१ र ०५६ को संसद बैठक यही भवनमा बस्ने गरेको थियो । ०६३ सालमा ६०१ जना सांसद बनेपछि साँघुरो भएकाले संसद नयाँ बानेश्वरमा भाडामा सरेको हो । २०७२ सालको भूकम्पले सामान्य असर पु&nd