युनियन हाइड्रोको नाफा यस वर्ष करीब ३ गुणाले वृद्धि

वैशाख १६, काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको नाफा यस वर्ष करीब ३ गुणाले बढेको छ ।  कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष रू. २ करोड ५५ लाखभन्दा बढी खुद नाफा भएको हो ।  यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ८९ लाख ६७ हजार रहेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी १९ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ५ करोड ५३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ६० लाखभन्दा बढी कुल आम्दानी गरेको हो । कुल आम्दानी वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा २६ प्रतिशत बढी रू. ५ करोड २८ लाख भएको छ । हाल रू. ७५ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने रू. ५ करोड ४ लाखभन्दा बढी ऋणात्मक देखिएको छ ।  गत वर्षको भन्दा यस वर्ष जगेडा कोषको ऋणात्मक अवस्थामा ३२ प्रतिशत सुधार देखिएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७ करोड ४२ लाखभन्दा बढी ऋणात्मक रहेको थियो ।  कम्पनीको कर्जा रकम गत वर्षभन्दा २६ दशमलव २५ प्रतिशत कम रू. ९ करोड ५८ लाख रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ५५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव २७ रहेको छ ।

सम्बन्धित सामग्री

दोस्रो त्रैमासमा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा वृद्धि

माघ २७, काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल बालाजुले रू.३५ करोड ८४ लाख नाफा कमाएको छ । उक्त कम्पनी गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड २२ लाख नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी रू. ३ अर्ब ६० करोड रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब ७५ करोड पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.७ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधीमा रू.१७० धनात्मक भएको हो । कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख रहेको छ भने जगेडामा रू. ४ अर्ब ३५ करोडभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४१३ रहेको छ ।  त्यसैगरी बोटर्लस नेपाल तराईले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३० करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १३ दशमलव ६७ गुणाले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५५ करोड सञ्चालन आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ अर्ब ४५ करोड पुगेको छ ।  कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २५० पुगेको हो । उक्त कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख रहेको छ भने जगेडामा रू. २ अर्ब ८८ करोड सञ्चित रहेकोे छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४८६ रहेको छ ।

माउण्टेन ईनर्जीको खुद नाफा यो वर्ष करीब ९ गुणाले वृद्धि

माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माउण्टेन ईनर्जी नेपाल लिमिटेडले रू. ४२ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको  खुद नाफा ८ दशमलव ८८ गुणा बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७९ लाखभन्दा बढी यो नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ८ दशमलव ५७ गुणा बढी भएकाले पनि कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।  गत वर्ष रू. ६ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५२ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो । विद्युत विक्रीबाट गत वर्ष रू.८ करोड २१ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड २१ लाखभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९६ करोड ८० वलाख २७ हजार रहेको छ भने जगेडा कोष रकम रू. ८३ करोड १५ लाखभन्दा बढी छ ।  चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन भने कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा १४२ दशमलव ८७ प्रतिशत बढी भएको छ । कम्पनीले कर्जा तथा सापटी रकम गत वर्षभन्दा शून्य दशमलव ४८ प्रतिशत बढी रू. ३ अर्ब ८७ करोड ३८ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव २५ रहेको छ ।

यस वर्ष करीब २५ गुणाले बढ्यो नेशनल हाइड्रोको नाफा

मंसिर १९,काठमाडौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२ गुणाले कम्पनीको खुुद नाफामा वृद्धि भएको छ । गत वर्ष रू. २ करोड ३७ लाख ६५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ७४ लाख ४३ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम विद्युत् विक्री गरेको कम्पनीको राइट ब्याक प्रोभिजनका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।  राइट ब्याक प्रोभिजन अघि रू. २ करोड ९८ लाख ३ हजार नोक्सानीमा रहेको कम्पनीले रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरेकाले खुद नाफा गर्न सफल भएको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको भन्दा घटेको छ । गत वर्ष विद्युत विक्रीबाट रू. ६ करोड ६४ लाख १४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष साढे ७९ प्रतिशत कम रू. १ करोड ३५ लाख ७६ हजार मात्र विद्युुत् विक्रीबाट आम्दानी गरेको हो ।  विद्युत् विक्री आम्दानीमा कमि र व्यवस्थापकीय खर्च वृद्धि भएसँगै कम्पनी रू. १ करोड ४७ लाख ४१ हजार सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । खुद नाफामा उल्लेख्य वृद्धि भएसँगै गत वर्षसम्म रू. ३८ ककरोड  १० लाख ६८ हजार ऋणात्मक रहेको जगेडा कोष रकम ऋणात्मक अवस्थादेखि सुधारिएर रू. २३ करोड २२ लाख ३८ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ७६ छ ।   सरकारले कम्पनीलाई ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माणका लागि कात्तिक २८ गते अनुमति दिइसकेको छ । बोलकबोल माध्यमबाट अनुमति पत्र प्रदान गर्ने नीति लिएर गराइएकोे प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको थियो । उक्त आयोजनामा गरिएको लगानीमध्ये रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरिएको जानकारीसमेत कम्पनीले दिएको छ । यो पनि हेर्नुस् : नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

कात्तिक २८, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ५३ लाख ८० हजार खुद नाफा गरेको छ ।  कम्पनीले आइतवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ११ करोड ३५ लाख ४४ रहेको थियो । यस वर्ष विद्युत् विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी अर्थात् रू. २६ करोड ६९ लाख आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी रू. २४ करोड ९५ लाख ५४ हजार भएको छ । ५ दशमलव ७१ प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पुर्‍याएको छ ।  जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत वृद्धि भई रू. ४२ करोड ५० लाख ८४ हजार कायम भएको छ । कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर रू. ३ अर्ब ४५ करोड पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ३५८ दशमलव शून्य ८ रहेको छ । यो पनि हेर्नुस् : साढे ७३% बढी विद्युत् विक्री गरेको अरुण काबेली पावरको नाफा करीब २९ करोड तेस्रो त्रैमाससम्ममा अरुण काबेली पावरको खुद नाफा ४ गुणाले बढ्यो

नयाँ सारथी लघुवित्तले कमायो ६५ लाख ५० हजार नाफा

कात्तिक २६, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ६५ लाख ५० हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६७ लाख ४८ हजार नाफा कमाएको थियो ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. २८ करोड २६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ९ लाख धनात्मक रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ भने जगेडामा रू. २३ करोड ७७ लाख सञ्चित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७० करोड ७० लाख सापटि लिएर,रू. ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१० दशमलव २८(वार्षिकिकरण), तरलता अनुपात ५ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २७ रहेको छ ।  यो पनि हेर्नुस् : ५६ करोड ६० लाख खराब कर्जा उठाएको नयाँ सारथि लघुवित्तको नाफा ३.६७ गुणाले वृद्धि

पहिलो त्रैमासमा जानकी फाइनान्सको नाफा २.८ गुणा बढ्यो

कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत अर्थात् २ दशमलव ८ गुणाले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८ दशमलव ६२ पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख चौथो त्रैमासमा जानकी फाइनान्सको नाफा २६ % घट्यो निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा १७% घट्यो जानकी फाइनान्सको लाभांश घोषणा

अघिल्लो आवको तुलनामा गत आवमा युनाइटेड इन्स्योरेन्सको खुद नाफा ४.३ गुणाले वृद्धि

साउन २९, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४ दशमलव ३ गुणा अर्थात् ३३० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा रू. १ करोड ७४ लाख ८० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको गत आवमा वृद्धि भएर रू. ७ करोड ५२ लाख ३१ हजार पुगेको हो ।   गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६२ प्रतिशतले वृद्धि भएको छ ।   चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ११ करोड ६ लाख ३४ हजार सञ्चित गरेको छ । गत आवसम्ममा कम्पनीले रू. १ अर्ब  ५ करोड ७१ लाख ४४ हजार बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बीमाशुल्क आर्जन ५१ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३२, मूल्य आम्दानी अनुपात ९७ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव २३ रहेको छ ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

९८ % कम प्रोभिजन छुट्याउँदा मिर्मिरे लघुवित्तको नाफा करीब ६ गुणाले वृद्धि

साउन १४, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २० करोड १ लाख ३३ हजार खुद नाफा गरेको छ ।  बिहीवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा कम्पनीको नाफा ५ दशमलव ८१ गुणा बढी भएको हो ।  अघिल्लो वर्ष कम्पनीले उक्त अवधिसम्म रू. ३ करोड ४३ लाख ९३ हजार खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीले सम्भावित जोखिम शीर्षकमा अघिल्लो वर्षभन्दा ९८ प्रतिशत कम रकम छुट्याएकाले सञ्चालन नाफा पनि ५ दशमलव ९० गुणाले बढेकाले नाफामा उल्लेख्य वृद्धि भएको हो ।  अघिल्लो वर्षको चौथो त्रैमाससम्म सम्भावित जोखिम शीर्षकमा रू. ६ करोड १२ लाख ७२ हजार छुट्याएको कम्पनीले गत वर्ष रू. १९ लाख ४ हजार मात्र छुट्याएको छ । सम्भावित जोखिमको रकम कम भएकाले अघिल्लो वर्ष रू. ५ करोड ३८ लाख २८ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३१ करोड ७६ लाख ७१ हजार यो नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार छ । कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३३४ प्रतिशत बढी रू. ३४ करोड ५३ लाख ३९ हजार कायम भएको छ ।  गत वर्ष १९२ प्रतिशत बढी रू. ४ अर्ब ५९ करोड २१ लाख ३३ हजार कर्जा सापटी लिएको कम्पनीले ९० प्रतिशत बढी रू. १ अर्ब ८८ करोड ३५ लाख २० हजार निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने १६० प्रतिशत बढी रू. ६ अर्ब ७७ करोड १९ लाख २६ हजार भएको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म २ दशमलव ९४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष घटेर १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ३८ रहेको छ ।

तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो

वैशाख ६, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ६ करोड ९७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. ४१ लाख ५ हजार मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४ दशमलव ६४ गुणा बढी भएको हो । गत वर्ष रू. ६३ लाख ५८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. ७२ लाख ८३ हजार सञ्चालन नाफा गरेको छ ।  सञ्चालन घाटा सुधारिएसँगै कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष खराब कर्जा संकलन पनि गत वर्षभन्दा ६ दशमलव ८४ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड २८ लाख ७४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ८१ लाख ९ हजार यो कर्जा संकलन गरेको हो । खुद नाफा उल्लेख्य मात्रामा बढेको कम्पनीको जगेडा कोष रकम पनि २१ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. १४ करोड ६८ लाख ९१ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १७ करोड ७७ लाख ८८ हजार कायम भएको हो । गत वर्षको तुलनामा चुक्तापूँजीमा भने कुनै परिवर्तन भएको छैन । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ ।  गत वर्षभन्दा १३ दशमलव ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २३ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ । यस वर्ष गत वर्षभन्दा १४ दशमलव १४ प्रतिशत बढी कम्पनीले कर्जा सापटी लिएको छ । कम्पनीले यस त्रैमाससम्म रू. १ अर्ब २० करोड ३५ लाख ४२ हजार निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ९९ करोड ४६ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ ।  कम्पनीले रू. १ अर्ब ४१ करोड ६७ लाख ७१ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको छ । गत वर्षभन्दा यसवर्ष कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष ३ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७४ प्रतिशत कायम भएको छ ।  यो त्रैमास अवधिभर कम्पनीले निक्षेपतर्फ ४ प्रतिशतदेखि ६ प्रतिशत र कर्जातर्फ १४ देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरी लागू गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३१ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ४५ रहेको छ ।