यस वर्ष करीब २५ गुणाले बढ्यो नेशनल हाइड्रोको नाफा

मंसिर १९,काठमाडौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२ गुणाले कम्पनीको खुुद नाफामा वृद्धि भएको छ । गत वर्ष रू. २ करोड ३७ लाख ६५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ७४ लाख ४३ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम विद्युत् विक्री गरेको कम्पनीको राइट ब्याक प्रोभिजनका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।  राइट ब्याक प्रोभिजन अघि रू. २ करोड ९८ लाख ३ हजार नोक्सानीमा रहेको कम्पनीले रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरेकाले खुद नाफा गर्न सफल भएको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको भन्दा घटेको छ । गत वर्ष विद्युत विक्रीबाट रू. ६ करोड ६४ लाख १४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष साढे ७९ प्रतिशत कम रू. १ करोड ३५ लाख ७६ हजार मात्र विद्युुत् विक्रीबाट आम्दानी गरेको हो ।  विद्युत् विक्री आम्दानीमा कमि र व्यवस्थापकीय खर्च वृद्धि भएसँगै कम्पनी रू. १ करोड ४७ लाख ४१ हजार सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । खुद नाफामा उल्लेख्य वृद्धि भएसँगै गत वर्षसम्म रू. ३८ ककरोड  १० लाख ६८ हजार ऋणात्मक रहेको जगेडा कोष रकम ऋणात्मक अवस्थादेखि सुधारिएर रू. २३ करोड २२ लाख ३८ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ७६ छ ।   सरकारले कम्पनीलाई ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माणका लागि कात्तिक २८ गते अनुमति दिइसकेको छ । बोलकबोल माध्यमबाट अनुमति पत्र प्रदान गर्ने नीति लिएर गराइएकोे प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको थियो । उक्त आयोजनामा गरिएको लगानीमध्ये रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरिएको जानकारीसमेत कम्पनीले दिएको छ । यो पनि हेर्नुस् : नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

सम्बन्धित सामग्री

यस वर्ष मध्य भोटेकोशीको नोक्सानी बढ्यो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष खुद नोक्सानी बढेको हो । कम्पनीले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस वर्ष कर तिरेका कारण कम्पनीको नोक्सानी बढेको हो । कम्पनीले अघिल्लो वर्षको करबापत रू. १ करोडभन्दा बढी रकम तिरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ । रिटेन्ड अर्निङ गत वर्ष रू. २९ करोड ८३ लाखभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष रू. ३९ करोड ५१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दीर्घकालीन कर्जा रकम रू. १० अर्ब ६९ करोडभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म यो कर्जा रू. ६ अर्ब ७१ करोडभन्दा बढी थियो । कम्पनीको निक्षेप लगानी रकम गत वर्ष रू. ४९ करोड रहेकोमा यस वर्ष रू. २१ करोड रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

काठमाडौँ,४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख […]

अघिल्लो वर्षको तुलनामा यस वर्ष २.५९ प्रतिशतले बढ्यो महँगी

अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालुुआर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दर बढेको उल्लेख गरेको हो ।

झापामा यस वर्ष बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको थियो रोपाइँ

बनियानी : झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ र आव २०७८/०७९…

यो वर्ष भारतको कपडा निर्यात ह्वात्तै बढ्यो

काठमाडौं– भारतको कपडा निर्यात ह्वात्तै बढेको पाइएको छ । आर्थिक वर्ष सन् २०२२ मा भारतले कूल ४४ अर्ब ४० करोड अमेरिकी डलरको कपडा निर्यात गरेको भारतीय अनलाइन समाचार पोर्टल लाइभमिन्टले जनाएको छ । आर्थिक वर्ष सन् २०२० र सन् २०२१ को तुलनामा यो क्रमशः ४१ र २६ प्रतिशतले बढी रहेको जनाइएको छ । भारतले निर्यात […]

पाँच दिनमा फेरिएको आठ वर्ष अघिको अपराधको 'कोर्स', बहसमा ल्यायो हदम्याद

काठमाडौं : सोमवार जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि पुर्‍याउँदा घोसे मुन्टो लगाएका थिए मनोजले। हातमा हथकडीसँगै वरिपरि प्रहरीले घेरिएका थिए उनी। आठ वर्ष अगाडिको गरिएको भनिएको अपराधको सजया यसरी भोग्‍नुपर्ला भनेर सायदै सोचेका थिए उनले।  सामाजिक सञ्जाल, सरकार र प्रहरी प्रशासन यसरी अगाडि बढ्यो कि उनले पछाडिको घटना सम्झने फुर्सद पनि पाएनन्। हद म्याद…

कश्मीरमा यो वर्ष पर्यटकको आगमन बढ्यो

काठमाडौं– कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा. जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकको आगमन भएको छ । ‘यदि हामीले पछिल्ला १० वर्षको तुलना गर्ने हो भने यो वर्ष कश्मीर उपत्यकामा कीर्तिमानी संख्यामा पर्यटकहरूको आगमन भएको छ । […]

गुल्मीमा यो वर्ष सुन्तलाको उत्पादन बढ्यो

गुल्मी– गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो। अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन […]

याे वर्ष फूल उत्पादनमा कमी, माग बढ्यो

काठमाण्डाै –  काेराेनाको कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । काेरोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ, फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।  “यस वर्ष बजार माग बढेको छ”, तामाङले भन्नुभयो, “माग बढी र उत्पादन कम भएपछि यस व...

कोरोना सकसको एक वर्ष : यस्ता छन् तस्वीर

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसबाट हुनसक्ने संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । पटक-पटक गरी यसबीचमा चार महिनासम्म लकडाउन भयो।विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि गत साउन ६ गतेदेखि लकडाउन हटाएको थियो। लकडाउन हटेपछि बजार र पसल खुले। ढिलोगरी भएपनि शैक्षिक संस्था खुलाइयो। सबै क्षेत्रमा चहलपहल बढ्यो।कोरोना भाइरस संक्रमणबाट हालसम्म तीन हजार १९ जनाको मृत्यु भइसकेको छ। हालसम्म कुल संक्रमित संख