कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत अर्थात् २ दशमलव ८ गुणाले वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८ दशमलव ६२ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५२ रहेको छ ।
यो पनि हेर्नुस् :
चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख
चौथो त्रैमासमा जानकी फाइनान्सको नाफा २६ % घट्यो
निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा १७% घट्यो
जानकी फाइनान्सको लाभांश घोषणा