दोस्रो त्रैमासमा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा वृद्धि

माघ २७, काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल बालाजुले रू.३५ करोड ८४ लाख नाफा कमाएको छ । उक्त कम्पनी गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड २२ लाख नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी रू. ३ अर्ब ६० करोड रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब ७५ करोड पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.७ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधीमा रू.१७० धनात्मक भएको हो । कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख रहेको छ भने जगेडामा रू. ४ अर्ब ३५ करोडभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४१३ रहेको छ ।  त्यसैगरी बोटर्लस नेपाल तराईले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३० करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १३ दशमलव ६७ गुणाले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५५ करोड सञ्चालन आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ अर्ब ४५ करोड पुगेको छ ।  कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २५० पुगेको हो । उक्त कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख रहेको छ भने जगेडामा रू. २ अर्ब ८८ करोड सञ्चित रहेकोे छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४८६ रहेको छ ।   

सम्बन्धित सामग्री

आम्दानी घटेसँगै उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा प्रभावित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका ८ कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार चार कम्पनी नाफामा छन् भने चार कम्पनी नै घाटामा छन् । युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स र नेपाल ल्यूव आयल लिमिटेड नाफामा रहेका छन् भने बोटलर्स नेपाल (तराई), सोनापुर मिनरल्स् एण्ड आयल, बोटलर्स नेपाल (बालाजु) र घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड घाटामा रहेका हुन् । यी आठ कम्पनीको आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ११ दशमलव ४५ प्रतिशतले घटेको छ । गत आवमा यी आठ कम्पनीको सञ्चालन आम्दानी कुल रू. २० अर्ब ८५ करोड रहेकोमा चालू आवमा घटेर रू. १८ अर्ब ४७ करोडमा झरेको हो ।  उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा वृद्धि, माग तथा खपतमा गिरावट लगायतका कारणले समग्र व्यापार व्यवसायमा संकुचन भएका कारण उत्पादन क्षेत्रका कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । युनिलिभर नेपालले चालूू आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड १० लाख नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म  रू. ५५ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा २३ दशमलव ८० प्रतिशतले घटेको हो ।  त्यस्तै दोस्रोमा हिमालयन डिष्टिलरीको नाफा पनि गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ४४ दशमलव ३८ प्रतिशत घटेकोे छ । गत आवमा कम्पनीले रू. २९ करोड ४२ लाख नाफा कमाएकोमा चालू आवमा रू. १६ करोड ३६ लाखमा सीमित भएको हो । शिवम् सिमेन्ट्सले पनि गत आवमा रू. ४५ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १४ करोड ८५ लाखमा झरेको छ । नेपाल ल्यूव आयल भने गत वर्ष रू. १० लाख २ हजार घाटामा रहेकोमा चालू आवमा रू. ७८ लाख ६५ हजार नाफामा गएको हो ।

दोस्रो त्रैमासमा बोटलर्स नेपालका दुवै कम्पनी घाटामा, यस्तो छ कारण

काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सावर्जनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै कम्पनी दोस्रो त्रैमाससम्ममा घाटामा छन् ।  दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल तराई रू. ७ करोड ४१ लाख घाटामा छ । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा भने रू. १५ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको सञ्चालन आम्दानी घटेकाले र वित्तीय खर्चमा वृद्धि भएकाले घाटामा रहेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ३ अर्ब ८६ करोड रहेकोमा चालू आवमा घटेर रू. ३ अर्ब ६८ करोडमा सीमित भएको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ११ करोड ३७ लाख रहेकोमा चालू आवमा बढेर रू. १४ करोड ५ लाख पुगेको छ ।  चुक्ता पूँजी रू. १२ करोड १० लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३ अर्ब ७१ करोड सञ्चिति गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक (वार्षिकीकरण) छ । नेटवर्थ भने ३ हजार १७३ रुपैयाँ छ ।   त्यस्तै बोटलर्स नेपाल बालाजु दोस्रो त्रैमाससम्ममा रू. १५ करोड १५ लाख घाटामा छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी रू. २९ करोड २१ लाख नाफामा थियो । चालू आवमा सञ्चालन आम्दानी घटेकाले र वित्तीय खर्च बढेकाले कम्पनी घाटामा रहेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ५ अर्ब १९ करोड रहेकोमा चालू आवमा घटेर रू. ४ अर्ब ५८ करोडमा सीमित भएको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ७ करोड ४२ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ४९ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. १९ करोड ४८ लाख छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ५२ करोड सञ्चिति गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक (वार्षिकीकरण) छ । नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ । बोटलर्स नेपाल तराईको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् बोटलर्स नेपाल बालाजुको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एक वर्षमा कोकाकोलाको सञ्चालन नाफा साढे १२ अर्ब

काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले एक वर्षमा १२ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेका छन् । वित्तीय वर्ष २०२१ मा ८ अर्ब २९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बोटलर्स नेपालको नाफा सन् २०२२ मा ५१ प्रतिशतले बढेको हो । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले चार वर्षमा ३७ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ, जसमध्ये ६९ दशमलव ५३ प्रतिशत नाफा कम्पनीको सहायक कम्पनी बोटलर्स नेपाल (तराई)को हो । ईक्राका अनुसार बोटलर्स नेपाल (तराई)ले चार वर्षमा २६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा रहेको बोटलर्स नेपालको सन् २०२२ मा बजार हिस्सा ६१ प्रतिशत पुगेको बताइएको छ । कोभिडपछि बोटलर्स नेपाल (तराई) लिमिटेडको बढ्दो निर्यातका साथै २५० भन्दा बढी डिलरशिपबाट विक्री भएसँगै कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ ।  बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डमा कार्बोनेटेड नन–अल्कोहोलिक बेभरेजको विक्री वितरण गर्दै आएको छ । बोटलर्स नेपालको ३ अर्ब ३७ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ईक्राले एवान प्लस रेटिङ दिएको छ । बोटलर्स नेपालको ३ अर्ब रुपैयाँको कर्जामा २ अर्ब ७० करोड रुपैयाँ कर्जा बोटलर्स नेपाल (तराई)को छ ।  बोटलर्स नेपालको ७६ प्रतिशत शेयर कोकाकोला साउथवेस्ट एशिया होल्डिङ्स लिमिटेड, २२ प्रतिशत शेयर स्थानीय साझेदारको रूपमा रहेको गोर्खा ब्रुअरी प्रालि र बाँकी शेयर सर्वसाधारण शेयरधनीहरूको छ । यस्तै बोटलर्स नेपाल (तराई)मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत शेयर स्वामित्व छ भने बाँकी हिस्सा सर्वसाधारणको रहेको बताइएको छ ।

कोकाकोलाको एक वर्षको सञ्चालन नाफा १२ अर्ब भन्दा बढी

काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले एक वर्षमा नै १२ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तीय वर्ष २०२१ मा ८ अर्ब २९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको सन् २०२२ मा नाफा ५१ प्रतिशतले बढेको हो ।  रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार बोटलर्स नेपालले चार वर्षमा नै ३७ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । जसमध्ये ६९ दशमलव ५३ प्रतिशत नाफा कम्पनीको सहायक कम्पनी बोटलर्स नेपाल (तराई)को  छ । ईक्राका अनुसार बोटलर्स नेपाल (तराई)ले चार वर्षमा २६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा रहेको बोटलर्स नेपालको सन् २०२२ मा बजार हिस्सा ६१ प्रतिशत पुगेको छ । कोभिडपछि बोटलर्स नेपाल (तराई) लिमिटेडको बढ्दो निर्यातका साथै २५० बढी डिलरशिपहरूबाट विक्री भएसँगै कम्पनीको नाफामा उल्लेखनीय वृद्धि भएको हो । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले नेपालमा कोका-कोला, स्प्राइट, फन्टा र किन्ले ब्राण्डमा कार्बोनेटेड नन-एल्कोहोलिक बेभरेजको विक्री वितरण गर्दै आएको छ । बोटलर्स नेपालको तीन अर्ब ३७ करोड रुपैयाँको दीर्घाकालीन कर्जाको लागि इक्राले ए वान प्लस रेटिङ दिएको छ । बोटलर्स नेपालको तीन अर्ब रुपैयाँको कर्जामा २ अर्ब ७० करोड रुपैयाँ कर्जा बोटलर्स नेपाल (तराई) को छ ।  बोटलर्स नेपालको ७६ प्रतिशत शेयर कोका-कोला साउथवेस्ट एशिया होल्डिङ्स लिमिटेडको, २२ प्रतिशत शेयर स्थानीय साझेदारको रूपमा रहेको गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड र बाँकी प्रतिशत सेयर सार्वजनिक शेयरधनीहरूको छ । यस्तै बोटलर्स नेपाल (तराई) मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत शेयर स्वामित्व र बाँकी हिस्सा भने सर्वसाधारणसँग छ । वित्तीय वर्ष सञ्चालन नाफा बोटलर्स नेपाल (रु लाखमा) बोटलर्स नेपाल तराई (रु लाखमा) सन् २०१९ ९६८१० ५८११० सन् २०२० ६९९४० ४८४८० सन् २०२१ ८२९४० ६२१२० सन् २०२२ १२५३४० ९१९८० कुल ३७५०३० २६०६९० स्रोत : ईक्रा नेपाल

व्यावसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफा बढ्यो

काठमाडौं । कोभिड–१९ पछि व्यवसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफामा पनि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक कम्पनीहरु, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (बालाजु), युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई) र नेपाल ल्युब आयलको नाफा वृद्धि भएको हो । तर शिवम् सिमेण्टको भने नाफा घटेको छ ।   चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा यी उत्पादनमूलक कम्पनीहरुले कुल रू. १ अर्ब ८८ करोड नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ दशमलव ५६ प्रतिशत वृद्धि भएको हो । यी कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १४ करोड नाफा कमाएका थिए । चालू आवको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । यी ६ कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडले रू. ४६ करोड २७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ७६ लाख नाफा कमाएको थियो । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ४४ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ९८ करोड पुगेको छ । त्यसैगरी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३० करोड २२ लाख पुगेको हो । गत वर्ष कोभिड महामारीका कारण सम्पूर्ण उत्पादनमूलक कम्पनीहरु बन्द भएका थिए । यस वर्ष कोभिडको प्रकोप कम हुँदै गएकाले व्यवसायिक गतिविधि बढ्न थालेको कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ । यी कम्पनीहरुको उत्पादन तथा बस्तु विक्री आम्दानीमा पनि वृद्धिहुँदै गएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । यी ६ कम्पनीमध्ये शिवम् सिमेण्टको नाफा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ करोड ७३ लाखमा झरेको छ । यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा खर्चमा वृद्धि भएकाले नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल खर्च रू. ३ अर्ब ५८ करोड रहेकोमा चालू आवको सोही अवधिमा खर्च वृद्धि भएर रू. ४ अर्ब ११ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

विक्री आम्दानी बढेसँगै बोटलर्स नेपालका दुबै कम्पनीको नाफा बढ्यो

साउन २९, काठमाडौं । बोटलर्स नेपालका दुई ओटै कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको नाफामा वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजुले गत आवको चौथो त्रैमाससम्ममा रू. ४४ करोड ९७ लाख ३० हजार खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी रू. ६ करोड १८ लाख ५७ हजार नोक्सानीमा थियो । गत आवमा कम्पनीको विक्री आम्दानीमा वृद्धि भएसँगै कम्पनी नाफामा गएको हो । कम्पनीको विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २२ दशमलव ६६ प्रतिशत र सञ्चालन आम्दानी ३२३ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । सोही कारण पनि कम्पनी नाफामा गएको देखिन्छ । कम्पनी नाफा गएसँगै प्रतिशेयर आम्दानी धनात्मक भएको छ ।  अघिल्लो आवमा प्रतिशेयर आम्दानी रू. ३२ ऋणात्मक रहेकोमा गत आवमा सुधारिएर रू. २११ धनात्मक रहेको छ ।  त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २२११ रहेको छ । चुक्तापूँजी रू. १९ करोड ४८ लाख ८९ हजार रहेको छ भने जगेडामा रू. ३ अर्ब ९३ करोड ९१ लाख ६१ हजार सञ्चित गरेको छ ।                                                                 स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण त्यसैगरी बोटलर्स नेपाल तराईको खुद नाफा चौथो त्रैमासमा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ५६ लाख २९ हजार नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ४२ करोड ६३ लाख ४८ हजार पुगेको हो ।  गत आवमा कम्पनीको विक्री आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विक्री आम्दानी ३३ प्रतिशत र सञ्चालन आम्दानी १७९ प्रतिशतले वृद्धि भएको छ ।  गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ रहेकोमा गत आवमा वृद्धि भएर रू. ३५२ पुगेको छ ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

बोटलर्स नेपाल तराईको शेयर मूल्य १० % ले वृद्धि

वैशाख २८, काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १० हजार ६५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताको तुलनामा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवारनै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा वृद्धि भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो ।