कात्तिक २६, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ६५ लाख ५० हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६७ लाख ४८ हजार नाफा कमाएको थियो ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. २८ करोड २६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ९ लाख धनात्मक रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ भने जगेडामा रू. २३ करोड ७७ लाख सञ्चित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७० करोड ७० लाख सापटि लिएर,रू. ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार कर्जा लगानी गरेको छ ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१० दशमलव २८(वार्षिकिकरण), तरलता अनुपात ५ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २७ रहेको छ ।
यो पनि हेर्नुस् :
५६ करोड ६० लाख खराब कर्जा उठाएको नयाँ सारथि लघुवित्तको नाफा ३.६७ गुणाले वृद्धि