अघिल्लो आवको तुलनामा गत आवमा युनाइटेड इन्स्योरेन्सको खुद नाफा ४.३ गुणाले वृद्धि

साउन २९, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४ दशमलव ३ गुणा अर्थात् ३३० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा रू. १ करोड ७४ लाख ८० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको गत आवमा वृद्धि भएर रू. ७ करोड ५२ लाख ३१ हजार पुगेको हो ।   गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६२ प्रतिशतले वृद्धि भएको छ ।   चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ११ करोड ६ लाख ३४ हजार सञ्चित गरेको छ । गत आवसम्ममा कम्पनीले रू. १ अर्ब  ५ करोड ७१ लाख ४४ हजार बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बीमाशुल्क आर्जन ५१ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३२, मूल्य आम्दानी अनुपात ९७ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव २३ रहेको छ ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानीमा उच्च वृद्धि

३० साउन, काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.२६ गुणाले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ५१ …