सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा अब घरबाटै अनलाइनमार्फत गर्न सकिने
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएकाे छ ।
कम्पनीले देशभर कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थीतिले गर्दा नेपाल सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीका कारण ...
काठमाडौं । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये चार जीवन कम्पनीमात्रै आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन । यी मध्ये एशियन लाइफ ,सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिएको हो । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ८४ प्रतिशत नगद लाभांश दिएको हो ।
त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट २३ दशलमव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।
चैत ११, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रवार चौथो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ पश्चात रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुग्नेछ ।
सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्
काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यो वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन, सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।
सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष प्रदीपजंग पाण्डेले संस्थाबाट सञ्चालित डिजिटल सिटिजन अभियान, सिटिजन स्वरोजगार अभियान तथा बीमा सचेतना, विद्यार्थीसँग बीमा, गुरु सम्मान कार्यक्रम एवं नवीनतम जीवन बीमा योजना सञ्चालन गरिरहेको जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नियमनकारी निकायबाट जारी निर्देशन पालना र संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको बताए ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो । नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजने
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो ।
उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।
उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् ।
शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ ल...
काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरण
काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' नियुक्त भएका छन्। कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ।
समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्।
मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा