सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्

सम्बन्धित सामग्री

बीमा समितिद्वारा २० वटा बीमा कम्पनीलाई कारवाही

बीमा समितिले विभिन्न बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले  लेखापरीक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई जरिवाना गरेको हो  ।समितिका अनुसार  बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले र आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई रू. ५००÷– थप गरी जम्मा रू. १०,५००÷– (दश हजार पाँच सय) का दरले  जरीवाना गर्ने निर्णय भएको हो । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी जानी उल्लङ्घन गरेको देखिएकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको समितिले जनाएको छ ।समितिका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू – नेपाल पुनर्बीमा कं.लि., लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कं.लि., सूर्या लाइफ इन्स्योरेन्स कं.लि., प्राइम लाइफ इन्स्योरेन्स कं.लि., ज्योति लाइफ इन्स्योरेन्स कं.लि., रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि., सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., प्रभु लाइफ इन्स्योरेन्स कं.लि. र महालक्ष्मी लाइफ इन्स्योरेन्स कं.लि. प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।यसैगरी, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कं.लि., नेपाल लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि., आईएमई लाइफ इन्स्योरेन्स कं.लि., युनियन लाइफ इन्स्योरेन्स कं.लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि., रिलायबल नेपाल  लाइफ इन्स्योरेन्स कं.लि., सानिमा लाइफ इन्स्योरेन्स कं.लि., दि ओरिएण्टल इन्स्योरेन्स कं.लि., नेशनल इन्स्योरेन्स कं.लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई विद्यमान कानूनी व्यवस्थाको पुनः दोस्रो पटक उल्लङ्घन गरेकाले दोस्रो पटकका लागि रू. ५००÷– थप गरी प्रत्येक कम्पनीलाई रू. १०,५००÷– (दश हजार पाँचसय) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको आईओएस एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरूको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ । यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो आवश्यक्ता...

सिटिजन लाइफका सिइओ पौडेलको ४ वर्षको लागि कार्यकाल थप हुँदै

काठमाडौं, ८ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने भएको छ । पुस मसान्तबाट कार्यकाल सकिन लागेको पौडललाई ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय कम्पनीले गरेको हो । सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो । नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजने

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो । उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन  नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।  उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ ल...

सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवा शुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवाको शुरुवात गरेको छ ।यस सुविधा मार्फत अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफले थाल्यो अनलाइन बीमा दाबी सेवा

ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नवीनतम योजनाहरु ल्याउन अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ।

सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको वित्तीय विवरण

सिटिजन लाइफको नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा’ नामक नयाँ योजना