पर्वत : पर्वत अस्पतालमा कार्यरत कर्मचारीहरू सोमबार आपसमा कुराकानी गरिरहेका थिए, ‘डेंगुका बिरामी झन् झन् बढ्ने देखिएको छ। अब त ल्याबमा चारवटा जति मात्रै छन् क्यारे किट पनि। बिरामी आएर डेंगु जाँच्नुपर्ने भयो भने के गर्ने होला?’कुनै बेलामा ‘रिफर सेन्टर’ को ‘ट्याग’ लागेको अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको उल्लेखनीय प्रगतिले अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ। सामान्य चोट लागेका बिरामीलाई समेत पोखरा ‘रिफर’ गर्नुपर्ने अवस्था